रमिता गुरुङ (मोडल)

रमिता गुरुङ (मोडल)

दुई वर्षदेखि मोडलिङमा सक्रिय रमिता गुरुङले आधा दर्जन लोकगीतमा मोडलिङ गर्नुभएको छ ।  दोहोरी गायनका साथै मोडलिङमा सक्रिय गुरुङले छड्के सेल्फी हान…, उडायो सारी फरर…लगायत तीज गीतमा पनि मोडलिङ गर्नुभएको छ । 

दोहोरी गीत मुटुको कुनामा तिमी छौ…, उनको झल्को मेटाउन न त दबाई छ…लगायत गीतमा अभिनय गर्नुभएको छ ।  धादिङ गुम्दीकी गुरुङले प्लस टुसम्म अध्ययन गर्नुभएको छ ।

-गोरखापत्रबाट