रुपन्देहीमा एमाले कार्यकर्ताको गोली हानी हत्या

रुपन्देहीमा एमाले कार्यकर्ताको गोली हानी हत्या

बुटवल । रुपन्देहीमा नेकपा एमालेका एक कार्यकर्ताको गोली हानी हत्या गरिएको छ। देवदह नगरपालिका भेकाबारका फर्निचर व्यवसायी समेत रहेका एमाले कार्यकर्ता बलु पौडेलको शुक्रबार दिउँसो अज्ञात समूहले गोली हानी हत्या गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनु्सार टाउकोमा गोली लागेका पौडेलको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। कालो होन्डा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले करिब ११ बजेतिर पौडेलमागि गोली प्रहार गरेका थिए।

गोली हान्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसअघि देवदहमै युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरिएको थियो ।