संसदका कर्मचारीले पुस १ देखि असहयोग आन्दोलन गर्ने

संसदका कर्मचारीले पुस १ देखि असहयोग आन्दोलन गर्ने

काठमाडौं, २६ मंसिर । गत साउनदेखि भत्ता नपाएको भन्दै संघीय संसदका कर्मचारीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । चालु आर्थिक वर्षको बजेटमार्फत अतरिक्त भत्ता कटौती गरिएपछि उनीहरुले भत्ता पाउनुपर्ने माग गर्दै पुस १ देखि असहयोग आन्दोलन गर्ने बताएका हुन् ।

पुस १ देखि कार्यालय समयबाहेक अन्य समयमा काम नगर्ने संघीय संसद सचिवालय कर्मचारी युनियनका अध्यक्ष मेघराज अर्यालले जानकारी दिनुभयो । गत वर्षसम्म संसद कर्मचारीले तलब र अतिरिक्त भत्ता पाउदै आएका थिए । चालु आर्थिक वर्षमा कटौती भएपछि उनीहरु असन्तुष्ट भएका हुन् । संसद र संसदीय समितिको बैठक बिहान र बेलुका अबेसम्म पनि बस्ने हुनाले उक्त समयमा काम गर्दा अतिरिक्त भत्ता पाउनुपर्ने कर्मचारीको माग रहेको छ ।