उपचार गराउन एमालेका अध्यक्ष ओली बैंकक जाने

  • 13
    Shares
उपचार गराउन एमालेका अध्यक्ष ओली बैंकक जाने

काठमाडौं । विगत केही दिनदेखि अस्वस्थ्य रहेका एमाले अध्यक्ष केपी ओली स्वास्थ्य परीक्षणका लागि बैंकक जाने भएका छन् । अध्यक्ष ओली यही पुस २६ गते बैंकक जाने कार्यक्रम रहेको उच्च स्रोतले जनाएको छ । मृगौला प्रत्यारोपणपछि बैंककमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका ओलीलाई चिकित्सकले दिएको तालिका अनुसार यसअघि नै जानुपर्ने थियो ।

अध्यक्ष ओलीको भ्रमण पुस २६ देखि ३० सम्मका लागि तय भएको एक नेताले जनाए । ओलीको स्वास्थ्य अवस्थाकै कारण पार्टी एकताका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समेत परामर्श हुन सकेको छैन ।