वाइडबडी विमान खरिदको छानबिन गर्न बन्यो उपसमिति

वाइडबडी विमान खरिदको छानबिन गर्न बन्यो उपसमिति

काठमाडौं, २६ मंसिर । संसदको सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदबारे छानबिन गर्न उपसमिति गठन गरेको छ ।समितिको आज बसेको बैठकले नेपाली कांग्रेस सांसद राजन केसीको संयोजकत्वमा उपसमिति गठन गरेको हो ।

उपसमितिमा सांसद कृष्णलाल महर्जन, चन्दा चौधरी, प्रदीप यादव, प्रेम आले, धर्मशीला चापागाईँ र मीना सुब्बा सदस्य छन् । उपसमितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

यसअघि वाइडबडी खरिदबारे छानबिन गर्न संसदकै अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।