५ पुससम्मका लागि स्थगित संवैधानिक परिषद् आज बस्दै, नयाँ प्रधानन्यायाधीशको टुंगो लगाउने तयारी

५ पुससम्मका लागि स्थगित संवैधानिक परिषद् आज बस्दै, नयाँ प्रधानन्यायाधीशको टुंगो लगाउने तयारी

काठमाडौँ, २६ मंसिर । आगामी ५ पुसमा बस्ने भनेर हिजो स्थगित गरिएको संवैधानिक परिषदको बैठक आज नै बोलाइएको छ । हिजो बिहान बोलाइएको बैठक बेलुका सम्मका लागि स्थगित गरिएको थियो भने बेलुका बोलाइएको बैठक पुस ५ गतेसम्मका लागि स्थगित गरिएको जानकारी गराइएको थियो ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विशेष कारणवस बैठक पुस ५ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिनुभएको थियो ।
संवैधानिक परिषदको बैठकमा नयाँ प्रधानन्यायाधीश सिफारिस र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पदाधिकारी सिफारिसको कार्यसूची तय भएको छ ।

आजको बैठकले प्रधानन्यायाधीशका लागि एकजनालाई सिफारिस गर्नेछ । न्याय परिषदले वरिष्ठतम न्यायाधीश दीपकराज जोशी र चोलेन्द्र शमशेर जबराको नाम सिफारिस गरेको छ । संवैधानिक परिषदले गरेको सिफारिसपछि संसदीय सुनुवाइ हुनेछ । जोशीलाई संसदीय सुनुवाइ समितिले यसअघि नै अस्वीकृत गरिसकेको छ ।