‘सम्राट’ सि जिङपिङ, जसले दक्षिण एशिया जित्दै

‘सम्राट’ सि जिङपिङ, जसले दक्षिण एशिया जित्दै

काठमाडौं। चीनको सरकारी सञ्चार माध्यम ग्लोबल टाईम्सले सोमबार प्रकाशित गरेको एक रिपोर्टमा चिनियाँ विज्ञहरुले फेरि पनि भारत र चीनबीचको युद्ध सुरु हुने बताएका छन्। सोमबार नयाँ वर्ष मनाउनको लागि भारतीय मन्त्रिपरिषद्का अधिकारीहरु सीमानाकामा आएको विषयलाई लिएर चिनियाँ विज्ञहरुले यस्तो चेतावनी दिएका हुन्। केन्द्रीय सरकारका गृह मन्त्री राजनाथ सिंह सोमबार भारत र चीनबीचको सीमानामा भ्रमण गरेर प्रहरी फोर्ससँग नै नयाँ वर्ष मनाएका थिए।

चीन भारत र भुटानको सीमा क्षेत्रमा भारतीय सेना बसेको भनेर २०१७ मा झण्डै ३ महिनासम्म चलेको चीन र भारतबीचको विवादले जाडो मौसम सुरु भएसँगै विश्राम लिएको थियो। अब जाडो सकिने समय आउँनैलाग्दा चिनियाँ पक्षबाट यस्तो चेतावनी आउनुले चीन र भारतको यो युद्ध आफ्नो सेनालाई सधैं सक्रिय बनाईरहनको लागि गरिने सैन्य अभ्यास जस्तो हुन पुगेको छ।

त्यस्तै, केही दिन अघि भारतीय भूमिमा रहस्यमयी ढंगले चिनियाँ सेना सहितको टोली प्रवेश गरेको समाचार बुधबार मात्रै सार्वजनिक भयो। गत डिसेम्बर २८ मा भारतको अरुणाञ्चलमा चिनियाँ सेना र केही सिभिल ड्रेसमा आएकाहरु भारतको एक किलोमिटर भित्रसम्म आएका थिए। उनीहरुको भारत प्रवेशलाई अनेकानेक चर्चा गर्न थालिएको छ। कसैले यसलाई सामान्य मानेर चीनले फेरि पनि भारतको सीमा अतिक्रमण गरेको आरोप लगाउने गरेका छन् भने कसैले चीन सडक बनाउने कामदारको रुपमा भारतमा पसेर केही ठूलै षड्यन्त्र गर्न खोजेको पनि हुनसक्ने थालेका छन्।

भारतीय सञ्चारमाध्यममा भने चीनले फेरि एक पटक भारतीय सीमा भित्र हस्तक्षेप गर्ने प्रयास गरेको आरोप लगाईएको छ। चीनको एक सडक बनाउने वाला टोली अरुणाञ्चलको तूतिङ्ग इलाकामा करीब एक किलोमीटर सम्म आएको नवभारत टाइम्समा समाचार छ। सरकारी स्रोतका अनुसार पछिल्लो हप्ता भएको यस घटनामा भारतीय सेनाले चिनियाँ टोलीलार्इ फिर्ता पठाएको खबर छ।

चीन र भारत अहिले भू राजनीतिक रुपले दुई प्रतिस्पर्धी जस्ता भएपनि अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिनपिनको सम्बन्ध वास्तवमै सुमधुर रहेको कुरा पनि बुधबारदेखि भारत भ्रमणमा रहेका चिनियाँ उच्च प्रतिनिधि मण्डललार्इ मोदीले गरेको स्वागतसम्म आइपुग्दा धेरै दलसम्म पुष्टि भइसकेको छ। मोदी मुख्यमन्त्री हुँदा गुजरातमा त्यतिधेरै चिनियाँ लगानी भित्रिएको भारतले हारेरै पनि चीन मौन बसेर दोक्लाम प्रकरणमा भारतले जितेको सन्देश भारतले आफ्ना नागरिकहरुलार्इ छर्न सफल भएको थियो।

यी सबै परिघटनाहरुले भारत र चीन एक आपसमा दुस्मनी हैन साझेदारी गरेर अघि बढिरहेको पुष्टि भएको छ। भारतसँग समेत साझेदारी गरेर अघि बढ्नसक्ने राष्ट्रपति सिले भारत भन्दा अघि नै दक्षिण एशियामा आफ्नो प्रभाव बढाइसकेका छन्। भुटानसँग खुलेर सम्झौता गर्न नसकेपनि अन्य दक्षिण एशियाली मुलुकहरुमा सिले आफ्नो प्रभाव जमार्इसकेका छन्।

पाकिस्तान चीनको पहिलेदेखिकै असल मित्र हो। अहिले ब‌ंगलादेश, माल्दिभ्स, श्रीलंकासँग नेपाल समेत भारत भन्दा पनि चीनसँग नजिक हुने अवस्थामा पुगिसकेको छ। यस्तो अवस्थामा भारतमा मोदीको छिमेकी पहिले भन्ने नीतिले भन्दा सि जिङपिङको नीतिले नै काम गरेको भेटिएको छ। समग्रमा भन्दा अहिले सी जिङपिङले दक्षिणएशिया जितेका छन्  दक्षिण एशियाका मुलुकहरुलार्इ आफ्नो प्रभावमा राख्न सकेको देखिन्छ। हाम्राकुराबाट