

काठमाडौं, २४ मंसिर । तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज दुई खेलहरु हुँदैछ । टियु क्रिकेट मैदानमा हुने आजको पहिलो खेलमा चितवन टाइगर्स र काठमाडौं किङसबीच प्रतिस्पर्धा हुनेछ ।
पृथु बास्कोटाको चितवन र सोमपाल कामीको काठमाडौंबीचको खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।
पहिलो खेलमा ललितपुरसँगको हारले चितवनलाई दोस्रो चरणमा पुग्न काठमाडौंविरुद्धको खेल महत्वपूर्ण रहेको छ । यता, काठमाडौं चितवनलाई हराएर सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।
यस्तै आजै हुने दोस्रो खेलमा पोखरा र ललितपुरबीच प्रतिस्पर्धा हुनेछ । अपरान्ह १ बजे यी दुई टोलीबीचको खेल सुरु हुनेछ । पहिलो खेलमा भैरहवा ग्लाडीयटर्ससंग पराजित पोखरा इ पहिलो जितको खोजीमा हुनेछ । ललितपुर भने लगातार दोस्रो जित निकाल्ने योजना सहित मैदानमा उत्रनेछ ।