

काठमाडौँ, २३ मंसिर । काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम घटेसंगै जाडो ह्वात्तै बढेको छ । आज बिहान ६ बजे को तापक्रम ४.४ डिग्री सेल्सियसमा झरेको छ । यो अझै घट्दै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सोमबार बेलुकीदेखि पश्चिमबाट बादलको प्रणाली थप सक्रिय भएर आउँदैछ, जसले मुलुकभर जाडो अझै बढाउने बताइएको छ । आज १८ देखि १९ डिग्री सेल्सियसको बीचमा अधिकतम तापक्रम रहने अनुमान गरिएको छ ।