ए डिभिजन लिग फुटबलः आज ३ वटा खेल हुने

ए डिभिजन लिग फुटबलः आज ३ वटा खेल हुने

कठमाडौं, २३ मंसिर । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज ३ वटा खेल हुने भएका छन् । सातदोबाटोमा २ वटा र एपीएफ मैदान हलचोकमा एउटा खेल हुने छ ।

एन्फा मैदान सातदोबाटोमा बिहान ११ बजे हुने खेलमा बिभागीय क्लब एपीएफ र सरस्वती युवा क्लब भिड्नेछन् । दिउँसो साढे २ बजे एन्फा मैदानमा थ्री स्टार र जावलाखेल युथ क्लब भिड्नेछन् ।

आज दिउँसो साढे २ बजे एपीएफ मैदान हलचोकमा च्यासल युथ क्लब र फ्रेण्ड्स क्लब भिड्नेछन् । ७ अंक जोडेको च्यासल सातौं स्थानमा रहँदा ५ अंक जोडेको फ्रेण्ड्स १०औं स्थानमा छ ।