काठमाडौं, २३ मंसिर । सरकारले ठगी विवादमा तानिएकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई छानबिनका लागि बोलाएको छ । परराष्ट्र मन्त्रालयले गठन गरेको तीन सदस्सीय छानबिन समितिलाई बयान दिन शेर्पा शनिबार क्यानबेरास्थित दूतावासबाट काठमाडौं आएकी छिन् । यो खबर आजको कान्तिपुर दैनिकबाट लिएका हौं ।
मन्त्रालयका अनुसार उनको राजदूत पद रहने वा नरहने भन्ने निर्णयअघि लागेका आरोपबारे छानबिन गरिनेछ । यसैबीच राजदूत शेर्पाका पूर्वचालक वाङछु शेर्पालाई पक्राउ गर्न नेपाल प्रहरीले इन्टरपोलमार्फत प्रक्रिया अघि बढाएको छ ।