साप्ताहिक राशिफलः मंसिर २३ देखि २९ गतेसम्मको भाग्याफल

साप्ताहिक राशिफलः मंसिर २३ देखि २९ गतेसम्मको भाग्याफल

–ज्योतिषवाणी–

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

उत्कृष्ट रहनेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा पनि वृद्धि हुनेछ । प्रेम जीवन सुखद् रहनेछ । कार्य लाभका योग देखिन्छन् । बोलीको विशेष प्रभाव रहनेछ । मित्र जनको साथ सहयोगले कार्यमा सफलता हात पर्ने देखिन्छ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । शत्रु निर्वल रहनेछन् । धार्मिक सामाजिक कायमा रुचि जाग्नेछ । पारिवारिक साथ सहयोग प्राप्त हुनुका साथै कृषिकर्मबाट लाभ रहनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

मध्यम फलदायी रहनेछ । सोमबारसम्म स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ । बुधबारबाट कार्यमा सफलता हात पर्ने देखिन्छ । मित्रजनको साथ सहयोगले कार्यमा उन्नति हुनेछ । पारिवारिक साथ सहयोगल मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् । अध्ययनमा रुचि जाग्नुका साथै कला मनोरञ्जनमा रुचि जाग्नेछ । प्रेमको क्षेत्र मध्यम फलदायी रहने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अर्थकरी रहनेछ । शत्रु पराजित हुनेछन् । घर परिवारको साथ सहयोग मिल्नुका साथै कार्यमा पनि उन्नति हुने देखिन्छ । आय आर्जनका स्रोत बढ्नेछन् । कला साहित्यका क्षेत्रमा अभिरुचि रहनेछ । पदोन्नतिका अवसर पनि मिल्नेछन् । बोलीका विशेष प्रभाव रहनेछ । मित्र सहयोग मिल्ने देखिन्छ । स्वास्थ्यको क्षेत्रमा भने सजग रहनु नै उचित हुनेछ । मंगल र बुधबार कार्यमा अवरोधका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

लाभदायी रहनेछ । कार्य लाभका साथै आर्थिक उन्नतिको योग देखिन्छ । शत्रु निर्वल रहनेछन् । कार्यमा सफलता मिल्नेछ । अध्ययन अध्यापन कार्य सफल रहने छ । धार्मिक कार्यमा रुचि जाग्नुका साथै पारिववारिक सुख मिल्ने देखिन्छ । मित्र सहयोग मिल्नुका साथै प्रेम जीवन पनि सुखद् रहनेछ । सामाजिक कार्यमा रुचि जाग्नेछ । आर्थिक लाभका योग देखिन्छन् । बिहीबारबाट भने कार्यमा अवरोध रहने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

वृद्धिदायी रहनेछ । भौतिक वस्तुबाट विशेष लाभ हुनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । अध्ययनको क्षेत्र सबल रहनेछ । कला साहित्यमा विशेष अभिरुचि रहनुका साथै यात्राका अवसर पनि मिल्ने देखिन्छ । शत्रु पराजित हुने छन् । कीर्ति वृद्धिका योग देखिन्छन् । कार्यमा सफलता मिल्नेछ । सन्तान सुख देखिन्छ । मित्र लाभका साथै कार्यमा उन्नतिको योग पनि देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मध्यम फलदायी रहनेछ । सोमबारसम्म स्वास्थ्यमा प्रतिकूलता रहने देखिन्छ । शत्रु पक्ष पनि सबल रहनेछन् । सोपश्चात्को समय शुभ रहनेछ । धनको क्षेत्र सबल रहनेछ । आर्थिक उन्नतिका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुनेछ । सामाजिक कार्यमा रुचि रहनेछ । व्यवसायमा वृद्धि हुनेछ । मित्र जनको साथ सहयोग प्राप्त हुने छ । अध्ययनमा रुचि जाग्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

कार्यदायी रहने देखिन्छ । आर्थिक उन्नति हुनेछ । कार्य लाभका साथै मित्र प्राप्तिको योग देखिन्छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा पनि सफलता हात पर्नेछ । पराक्रम बढ्नुका साथै सामाजिक कार्यमा रुचि जाग्ने छ । बिहीबारबाट स्वास्थ्यमा प्रतिकूलताका साथै कार्यमा अवरोध रहने देखिन्छ । शत्रु सबल रहने छन् । कार्यमा सजग रहनु नै उपयुक्त हुने देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

फलदायी रहनेछ । व्यवसायमा वृद्धि हुनेछ । आर्थिक उन्न्तिका साथै नयाँ लगानीको क्षेत्र खुल्नेछन् । मित्र सहयोग मिल्नेछ । अध्ययन अध्यापनको क्षेत्र मध्यम फलदायी रहनेछ । प्रेम जीवन सुखद् रहनेछ । पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । सामाजिक कार्यमा मन जानेछ । बिहीबारबाट कार्यमा अवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता रहने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनदायी रहनेछ । आय आर्जनका स्रोत बढ्नेछन् । वाणिज्य क्षेत्रमा सफलता मिल्ने देखिन्छ । कला साहित्यमा अभिरुचि रहनेछ । मित्रजनको साथ सहयोगले कार्यमा उन्नति हुने देखिन्छ । भौतिक वस्तुबाट विशेष लाभदायी रहनेछन् । सुखद् यात्राका योग पनि देखिन्छन् । प्रेममा सफलता मिल्नुका साथै घर परिवारबाट पनि विशेष लाभ रहनेछ । सता सबल र सफल रहने देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मध्यमफलदायी रहनेछ । सोमबारसम्म शारीरिक आलश्यता रहने देखिन्छ । कार्यमा अवरोधका साथै शत्रु भय हुन सक्नेछ । बोलीमा सजगता अपनाउनु नै उत्तम हुनेछ । मंगलबारबाट कार्यमा उन्नति हुँदै जानेछ । मित्र सहयोग प्राप्त हुनुका साथै कार्य लाभको योग पनि देखिन्छ । अध्ययनमा रुचि जाग्नेछ । पारिवारिक सुख मिल्नु्का साथै सुखद् यात्राका योग देखिन्छन् । धातुजन्य पदार्थबाट विशेष लाभ रहने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

अर्थकरी रहनेछ । व्यवसायमा वृद्धि हुनेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै कार्य गर्ने उत्साह मनमा छाउनेछ । मित्र सहयोग मिल्नुका साथै अध्ययन अध्यापनका क्षेत्रमा पनि सफलता हात पर्ने देखिन्छ । कार्य लाभ हुनेछ । स्वास्थ्यको क्षेत्रमा भने सजग रहनु नै उत्तम हुने छ । आमदानीका स्रोत बढ्ने छन् । आर्थिक उन्नतिका साथै धार्मिक कार्यमा रुचि जाग्ने देखिन्छ । मंगल र बुधबार कार्यमा अस्थिरता रहने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

लाभदायी रहनेछ । अध्ययनमा रुचि जाग्नेछ । कार्यप्राप्तिको योग देखिन्छ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । आर्थिक लाभका योग देखिन्छन् । धार्मिक कार्यमा रुचि जाग्नुका साथै यात्राका योग देखिन्छन् । कार्य लाभका साथै पारिवारिक साथसहयोग प्राप्त हुनेछ । शत्रु पक्ष भने सबल देखिन्छन् । बिहीबारबाट स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।