

एजेन्सी । मेक्सिकोले यस वर्षको मिस वर्ल्ड २०१८ को उपाधि जितेको छ। मेक्सिकोका लागि भनिसा पोन्स सो उपाधि जितेकी हुन्।
चीनको सान्यमा जारी प्रतियोगितामा २६ वर्षिया मिस मेक्सिको भनिसा बेलारूस, यूगाण्डा, जमाइका तथा थाइल्यान्डका सुन्दरीहरूलाई पछि पार्दै मिस वर्ल्डमा कब्जा जमाएकी हुन्।
मिस वर्ल्ड २०१७- मानुषी चिल्लर उनलाई आफ्नो ताज हस्तान्तरण गरेकी हुन्।