

मिस वर्ल्डको ग्रयाण्ड फिनाली अहिले भइरहेको छ । चीनको सान्यामा जारी मिस वर्ल्ड प्रतिस्पर्धाका लागि १२१ देशका सुन्दरी पुगेकोमा १०९ देशका प्रतिष्पर्धीलाई पछि पार्दै मिस नेपाल शृङ्खला खतिवडा टप १२ मा पुगेकी छिन् । मिस वर्ल्डको ग्रयाण्ड फिनाली अहिले जारी छ ।
एसियाबाट श्रृखलासँगै न्यूजिल्याण्ड र थाइल्याण्डकी सुन्दरी परेकी छन् । भारत र चीनकी सुन्दरी भने टप १२ मा परिनन् । टप १२ मा परेपछि श्रृखलाले आफूलाई समर्थन गरेकोमा सबै नेपालीलाई धन्यवाद दिएकी छन् । मिस वर्ल्डबाट फर्किएपछि सगरमाथामा स्काइ डाइभ गर्ने योजना रहेको बताइन् ।