काठमाडौं, । नेपाली कथानक चलचित्र जय श्रीदामको ट्रेलर सार्वजनिक भएको छ । धर्मको नाममा धर्मकै बदनाम गर्नेहरुको कथालाई लिएर निर्माण गरिएको उक्त चलचित्रको ट्रेलर शुक्रबार एक कार्यक्रमको आयोजना गरी सार्वजनीक गरिएको हो ।
धर्मको आडमा विकृतिको जड बनेका धर्मभीरुहरुलाई नै बार्गेनिङ गर्ने युवाको कथा समेत जय श्रीदाममा समेटिएको छ । जय श्रीदाममा निर्देशक विप्लव उप्रेतीले जमानी, जवानी र वेइमानीको संयोग राम्रोसँग उजागर गरेको ट्रेलरमा देख्न सकिन्छ ।
चलचित्र जन्मभूमिबाट रजतपटमा छाएकी नायिका जेविका कार्कीको दमदार अभिनय यस चलचित्रमा देख्न सकिनेछ । यस चलचित्रमा जेविका कार्कीका अलवा अमृत ढुङ्गाना, विनोद न्यौपाने, राजन खतिवडा, प्रमोद अग्रहरी, बिष्णु सापकोटा लगायतको मुख्य भुमिका रहेको छ।
ट्रेलरको सुरुवातमै प्रस्तुत गरिएको नायिका कार्कीको भुमिका चलचित्रमा महत्वपुर्ण मानिएको छ । यसअघि कार्कीद्वारा अभिनित चलचित्र जन्मभूमि, पर्व, कारखाना लगायतका चलचित्रमा गरिएको अभिनयका आधारमा पनि कार्की यस चलचित्रमा राम्रै जमेको अनुमान गर्न सकिन्छ ।
सरल र सहज तरिकामा आफ्नो अभिनयलाई पर्दामा उतार्न सक्ने कार्कीले यस चलचित्रलाई पक्कै पनि न्याय गर्ने छिन् ।
ग्रामिण परिवेशमा युवा युवतीको माया प्रेम सम्बन्ध र त्यसपछि उत्पन्न जटिल परिस्थितिलाई समेत लयात्मक ढंगले निर्देशक उप्रेतीले यस चलचित्रमा प्रस्तुत गरेका छन् । जुन कुरा दृश्य मार्फत चलचित्रका डाइरेक्टर अफ फोटोग्राफि रबिन आचार्यले उनेका छन् ।
भारतमा यौनकाण्डमा मुसिएका बाबा राम रहिमको कथासँग मिल्दो जुल्दो देखिने विषयबस्तु समेत जय श्रीदाममा समेटिएको छ । चलचित्र पुर्ण मरोञ्जनमुलक सामाजिक विषयबस्तुमा आधारीत रहेको निर्माण पक्षको दाबी छ ।