आजबाट ईपीएल टी – २० क्रिकेटको तेस्रो संस्करण शुरु हुँदै

आजबाट ईपीएल टी – २० क्रिकेटको तेस्रो संस्करण शुरु हुँदै

काठमाडौं, २२ मंसिर । आजदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा एभरेस्ट प्रिमियर लिग (ईपीएल) को तेस्रो संस्करण शुरु हुँदैछ । पहिलो संस्करणमा पन्चकन्या तेज विजेता बन्यो भने दोस्रो संस्करणमा विराटनगर वारियर्सले उपाधि जितेको थियो ।

पारस खड्काको वारियर्सले सरद भेषवाकरको भैरहवा ग्लाडिएटर्सलाई १ रनले पराजित गरेको थियो । निकै नजिक भएको फाइनल खेल जित्दै विराटनगरले आफुलाई च्याम्पियन बनायो र २१ लाख पहिलो पुरस्कार रकम पनि हात पार्यो ।

यसपटकको संस्करणमा पनि विगतमा झै ६ टोलीले सहभागिता जनाउनेछन् । गत वर्षको च्याम्पियन विराटनगर वारियर्स, रनर्सअप भैरहवा ग्लाडीएटर्स, पोखरा राइनोज, चितवन टाइगर, काठमाण्डु किंग्स इलेभेन र ललितपुर पेट्रिटस्ले यस पटकपनि सहभागिता जनाएको छ ।