‘हामी विश्वमा सबभन्दा छिटो विकास गर्ने देश हुनसक्छौं’

‘हामी विश्वमा सबभन्दा छिटो विकास गर्ने देश हुनसक्छौं’

काठमाडौं । प्रधानमन्त्रत्री केपी शर्मा ओलीले नेपाल तीव्र विकासको देश हुन सक्ने बताएका छन्। राष्ट्रिय योजना आयोगले आज आयोजना गरेको नेपालको दीर्घकालीन सोच र १५ औं योजनाको तयारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त भनाई व्यक्त गरेका हुन्। यो खबर आजको नेपाल समाचारपत्र दैनिकबाट लिएका हौं ।

“हामी विश्वमा सबभन्दा छिटो विकास गर्ने देश हुनसक्छौं ” प्रधानमन्त्री ओलीले भने, ‘किनभने हामीलाई विकासका कुनै नयाँ कुराहरु आविस्कार गरिहरनु पर्दैन। अरुले आविस्कार गरेका प्रविधिहरुलाई प्रयोग गरे पुग्छ।’

प्रधानमन्त्री ओलीले १५ औं पञ्चबर्षीय योजना (२०७६/०७७ –२०८०/०८१) देश विकासका लागि ‘टर्निङ प्वाइन्ट’ हुने बताए। ‘अघिल्ला योजनाका समिक्षाको निष्कर्षबाट यस योजनालाई आधुनिक,प्रविधि मैत्री र तीव्र गतिमा अघि बढ्न सक्ने व्यबहारिक योजना बनाउनु पर्दछ,’ प्रधानमन्त्री ओलीले भने, ‘देश विकासका लागि यस योजनालाई ‘टर्निङ प्वाइन्ट’ बनाउनु पर्दछ।’ यो खबर आजको नेपाल समाचारपत्र दैनिकबाट लिएका हौं ।

स्वदेशमा रहेका फलाम खानीको उत्खनन्,विद्युतीय उर्जाको उत्पादन र प्रयोग बढाउनु पर्ने र पेट्रोल, डिजेलजस्ता इन्धनको आयात घटाउनमा १५ औं योजनामा केन्द्रीत हुनु पर्नेमा ओलीको जोड छ। ‘विद्युत,सौर्य र अन्य वैकल्पिक उर्जाको प्रयोगबाट पेट्रोल र डिजेलको खपत घटाउने हो भने देशको अर्थतन्त्रमा ठुलो भरथेग हुन्छ,’ प्रधानमन्त्रीले भने, ‘जेट्रोफाबाट पनि इन्धनको आपूर्ति गर्न सकिन्छ। त्यसैले खेतका कान्लामा यो प्रजातिको बोट रोप्ने अभियान सञ्चालन गर्नु पर्दछ।’

प्रधानमन्त्री ओलीले राष्ट्रको सार्वभौमसत्ता,लोकतान्त्रिक प्रणाली,सामाजिक न्याय,राष्ट्रिय एकता र शान्ति र सुरक्षामा कोह कसैसँग सम्झौता नुहने बताए। यो खबर आजको नेपाल समाचारपत्र दैनिकबाट लिएका हौं ।