काठमाडौं, २२ मंसिर । संघीय समाजबादी फोरम नेपालको केन्द्रीय समितिको बैठक आजदेखि शुरु हुदैछ । पार्टीका राजनीतिक समितिका सदस्य प्रविणकुमार चाम्लिङका अनुसार राजनीतिक समितिले तयार पारेको प्रतिवेदन पास गर्न केन्द्रीय समितिको बैठक बोलाइएको हो ।
राजनीतिक समितिको बैठक हिजो बसेको थियो । २ दिनसम्म ललितपुरको बालकुमारीमा बस्ने बैठकले महाधिवेशनको मितिसमेत सार्ने छ । फोरमले माघ २७ देखि २९ गतेसम्म जनकपुरमा महाधिवेशन गर्ने तयारी गरेको थियो । अबको महाधिवेशन बैशाख २८ देखि ३० सम्म हुने छ ।