पूर्वमन्त्रीसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्वमन्त्रीसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ, २१ मंसिर । पूर्व वनमन्त्री तथा निर्माण व्यवसायी विक्रम पाण्डेसहित २१ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गरेको भन्दै मुद्दा दायर गरिएको हो । आयोजनाको मूल नहर भत्किएको, डिजाइनमा नै त्रुटि तथा निर्माण क्रममा पनि आयोजनामा खटिएका प्राविधिक, कन्सल्टेन्ट, निर्माण व्यवसायीले पर्याप्त सुपरभिजन नगरेको उनीहरुमाथी आरोप छ ।

तीन जना आयोजना प्रमुख र दुई जना ठेकेदारसहित २१ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । उनीहरुमाथि साढे ८ अर्ब बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।