‘ए’ डिभिजन लिग फुटबलः सातौ चरणका खेलहरु भोलिदेखि

‘ए’ डिभिजन लिग फुटबलः सातौ चरणका खेलहरु भोलिदेखि

काठमाडौं, २१ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत सातौ चरणका खेलहरु भोलिदेखि सुरु हुने भएका छन् । लिगअन्तर्गत् छैटौं चरणका खेल हिजो सकिएपछि भोलिबाट सातौ चरणका खेल सुरु हुनेछन् ।

छैटौं चरण सकिँदासम्म शतप्रतिशत नतिजासहित मनाङ–मस्र्याङ्दी क्लब लिगको शीर्ष स्थानमा छ । थ्रीस्टारले मनाङलाई पछ्याइरहेको छ । हिजो भएको दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र मच्छिन्द्र क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।