

–ज्योतिषवाणी–
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शत्रु भय, मान हानिका साथै कार्यमा अवरोध रहनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
द्रव्य लाभ, कीर्ति वृद्धिका साथै सुखद् यात्राको योग देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
गृह सुख, कान्ति वृद्धिका साथै भौतिक वसतुबाट लाभ हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यवसायमा वृद्धि, आर्थिक उन्नतिका साथै मनमा उत्साह छाउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खर्च बढ्ने, मित्र लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
द्रव्य लाभ, श्रीवृद्धिका साथै पारिवारिक सुख मिल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार बढ्ने, कार्य लाभका साथै सामाजिक कार्यमा रुचि जाग्नेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मीष्ठान्न लाभ, कीर्ति वृद्धिका साथै कार्यमा सफलता मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अपव्यय, शत्रु भयका साथै आर्थिक अस्थिरता रहनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आय बढ्ने, कार्य उन्नतिका साथै जलीय पदार्थबाट लाभ रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पराक्रम बढ्ने, आर्थिक उन्नतिका साथै मनोरञ्जनमा रुचि जाग्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
द्रव्य लाभ, कान्ति वृद्धिका साथै पारिवारिक सुख मिल्नेछ ।