ए डिभिजन लिगमा च्यासल र थ्री स्टारको जित

ए डिभिजन लिगमा च्यासल र थ्री स्टारको जित

कठमाडौं, १९ मंसिर । आज भएको ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले जित निकालेको छ । आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २, १ गोल अन्तरले हराएर च्यासलले दोस्रो जित निकालेको हो । एन्फा कम्प्लेक्समा पहिलो हाफमा १,० ले पछि परेको स्थिति उल्टाएर च्यासलले जित निकालेको हो ।

च्यासललाई जित दिलाउन सन्तोष साहुखलले एक गोल गर्नुभयो भने च्यासलले एक गोल आत्मघाती उपहार पाएको थियो ।  जितसंगै च्यासलले ६ खेलबाट ७ अंक जोडेको छ । र, च्यासल लिगको सातौं स्थानमा उक्लिएको छ ।

यस्तै आज भएको अर्को खेलमा थ्री स्टार क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा पाँचौ जित निकालेको छ । थ्री स्टारले सरस्वती युथ क्लबलाई २, १ गोल अन्तरले पराजित गरेको हो ।  जितसंगै थ्री स्टारले लिगमा ६ खेलबाट १५ अंक जोडेको छ । र, थ्री स्टार लिगको दोस्रो स्थानमा उक्लिएको छ ।