काठमाडौं, १७ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय कार्यसमितिमा प्रस्तावित विधानका विषयमा छलफल भइरहेको छ । केन्द्रिय सदस्यहरुले विधानमाथी धारणा राखिरहेका छन् ।
सदस्यहरुले पार्टी पदाधिकारीसहितका सबै सदस्यहरू महाधिवेशनबाट निर्वाचित गर्ने व्यवस्था विधानमा राख्नुपर्नेमा जोड दिएका छन् ।
सभापतिसहित सिंगो कार्यसमिति महाधिवेशनबाट निर्वाचित गर्नुपर्ने र मनोनितको व्यवस्था हटाउनुपर्ने हिजोका बैठकमा अधिकांशले धारणा राखेका थिए ।
बैठकमा केन्द्रीय सदस्यहरूले जनसंख्याको आधारमा पार्टीमा प्रतिनिधित्व गर्ने प्रस्तावित विधानको व्यवस्था ठिक नभएको बताएका छन् । बैठक आज पनि बस्दैछ ।