राशिफलः मंसिर १८ गते, मंगलबारको भाग्यादेश

राशिफलः मंसिर १८ गते, मंगलबारको भाग्यादेश

–ज्योतिषवाणी–

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मन पर्ने मान्छे मिलन हुने योग छ । ज्ञानगुनका कुरा सिक्नुहुनेछ । प्रेमिल समय छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

व्यवसाय वृद्धि हुनेछ । धन लाभको समय छ । घरपरिवारमा राम्रो वातावरण मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

साथीसंगीको साथ राम्रो छ । आम्दानी बढ्ने छ । मनमा खुशी छाउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

परायाबाट डर होला । हरेक काममा बाधा आउला । धन लाभ हुदा पनि अस्थिरता आउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आर्थीक वृद्धि होला । ज्ञानगुनका कुरामा मन जाला । रमाइलोसंग दिन बित्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सिर्जनशिल काम गर्ने योग छ । धन लाभको समय छ । हरेक काममा सफलता मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मनमा खुशी छाउनेछ । धन लाभको समय छ । घुमफिरको समय छ । मन चंगा हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

ख्याल गर्नुहोला स्वास्थ्यले साथ नदेला है । काममा बाधा आउन सक्छ । मनमा उतारचढाव आउन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

घरपरिवारबाट राम्रो साथ मिल्नेछ । धन लाभको समय छ । आध्यात्मिक काममा मन जानेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

हरेक काममा मन जानेछ । साथीसंगीबाट सुख मिल्नुकासाथै मन रम्नेछ । ज्ञानगुनका कुरामा मन जानेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

अनुहारमा सौन्दर्य छाउनेछ । धन प्राप्ति होला । साथीसंगीसंग घुमफिरको योग छ । मन चञ्चल हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

साथीसंगीको साथ पाउन नसक्नु होला । परायसंग डर हुनेछ । धन लाभमा पनि अस्थिरता रहनेछ ।