एजेन्सी, १७ मंसिर । राष्ट्रसंघीय जलवायु सम्मेलन आजदेखि पोल्यान्डमा सुरु भएको छ । विश्वका करिब दुई सय देशका प्रतिनिधि सहभागी रहेको सम्मेलनमा जलवायु परिवर्तनका कारण निम्तिएको जोखिम नियन्त्रणका लागि एक भएर अघि बढ्न विश्व नेताहरूलाई आग्रह गरेका छन् ।
जलवायु समस्याबारे छलफल हुने कोप–ट्वेन्टी फोर शिखर सम्मेलनले विश्वका नेताहरूले सन् २०१५ मा भएको जलवायुसम्बन्धी पेरिस सम्झौतालाई कार्यान्वयनमा लान पहल गर्ने अपेक्षा गरिएको गरिएको छ ।
पेरिस सम्झौतामा जलवायु परिवर्तनका कारण विश्व तापमान वृद्धिमा देखिएको समस्यालाई रोक्न लागि पर्ने सन्देश प्रवाह गरेको थियो । जलवायु परिवर्तनका कारण वातावरणमा देखिएको तापमान वृद्धिका कारण विनाशकारी डढेलो, उष्णवायु, आँधी, तूफान र सामुद्रिक सतहको वृद्धिजस्ता समस्या देखिएका छन् ।