नेप्से तीन वर्ष यताकै तल्लो विन्दुमा ओर्लियो

नेप्से तीन वर्ष यताकै तल्लो विन्दुमा ओर्लियो

निरन्तर ओरालो लाग्ने क्रममा रहेको बजार तीन वर्ष यताकै तल्लो विन्दुमा आई पुगेको छ । आइतबार बजार खुले पछि तिब्र गतिमा ओरालो लागेको बजार झण्डै १८ अंकले तल ओर्लिएको हो । २०७२ साल पुसमा बजार अहिलेको अवस्थामा थियो ।

भुकम्प र नाकाबन्दी पछि क्रमिक रुपमा उकालो लाग्ने क्रममा ९०० विन्दुबाट माथि लागेको बजार २०७२ साल पुस ६ गते ११३१.५२ अंकमा बन्द भएको थियो । उक्त दिनभन्दा अघिल्लो कारोबार दिनमा बजार १११८.९५ अंकमा बन्द भएकोमा ६ गते १२.७७ अंकले बजार उकालो लागेर अहिलेको अवस्थामा पुगेको थियो ।

तर अहिले बजारको गति उल्टो छ । ओरालो लाग्ने क्रममा आइतबार १७.४३ अंकले घटेर बजार परिसुचक नेप्से ११३०.८९ अंकमा ओर्लिएको हो ।

२०७२ सालमा बढ्दो बजार निरन्तर माथि चढेर २०७३ साउन १२ गते हालसम्मकै उच्चतम विन्दु अर्थात १८८१.४५ अंकमा पुगेको थियो । त्यस पछि ओरालो लागेको बजार अनेक उतार चढावका बिच ३ वर्ष पहिलेको विन्दुबाट ओरालो लागेको हो ।

नेपाल बैंकको प्रत्याभुत गरिएको एफपिओ सम्बन्धित व्यक्तिको नाममा पठाएका कारण आइतबार कारोबार रकम भने ४५ करोड ४६ लाख ९५ हजार रुपैंया कायम भएको छ । यस क्रममा १५६ कम्पनीका १४ लाख ४२ हजार १३८ कित्ता शेयरहरु ५ हजार ३ सय ९४ पटक किनबेच भएका छन् ।

बीमा तथा लघुवित्त र वाणिज्य बैंकका सूचकमा आएको तिब्र गिरावटले सूचक दोहोरो अंकले घटेको हो । तर लघुवित्त कम्पनी तथा बीमा कम्पनीको शेयर धारण गरेकाहरुले आइतबार धेरै नोक्सानी व्यहोरोका छन् । व्यापार सूचकमा सामान्य सुधार देखिएको बजारमा अरु सबै सूचक ओरालो लागेका छन् ।

आइतबार नेपाल बैंक, एनएमबि बैंक, नेपाल लाइफ इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक, प्रभु, एनआईसि एशिया, सानिमा, इन्भेष्टमेण्ट, एनसीसी, चार्टर्ड बैंकको अधिक शेयर कारोबार भएको छ । बजार घटेको मौकामा नेपाल बैंकको प्रत्याभुत गरिएको एफपिओ सम्बन्धित व्यक्तिहरुको नाममा पठाउँदा अधिक कारोबारको पहिलो स्थानमा नेपाल बैंक परेको हो ।

१५६ मध्ये १४ कम्पनीको शेयरमूल्य केही बढेको बजारमा बीमा कम्पनी तथा लघुवित्त कम्पनी र केही जलविद्युत कम्पनीहरुको शेयरमूल्य अधिक गिरावट आएको छ । मेराे लगानीबाट