

एजेन्सी । फ्रान्समा पेट्रोलियम पदार्थकोे मूल्यवृद्धिको विरोधमा गरिएकोे प्रदर्शनमा एकसय भन्दा बढी व्यक्ति घाईते भएका छन् । हिसांत्मक प्रदर्शनमा पेरिसमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा १७ जना सुरक्षाकर्मीसहित कम्तिमा १ सय १० जना घाइते भएका हुन् ।
प्रहरीले २ सय ७० जना प्रदर्शनकारीलाई पक्राउ गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । प्रदर्शनकारीले सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गर्न थालेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरासमेत प्रयोग गरेको छ ।
फ्रान्समा डिजेलको मूल्य पछिल्ला १२ महिनामा २३ प्रतिशतले वृद्धि भएको छ ।अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्यमा उतारचढाव भइरहँदा पनि फ्रान्समा भने लगातार मूल्य वृद्धि भइरहेको छ । राष्ट्रपति इमान्यूयल म्याक्रोनले हाइड्रोकार्बनमा कर बढाएपछि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको हो ।