विदेशबाट फर्किएकाको सीप परीक्षण हुने

विदेशबाट फर्किएकाको सीप परीक्षण हुने

काठमाडौं, १६ मंसिर । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको सीप परीक्षण गर्ने भएको छ । विदेशमा उनीहरुले सिकेको सीपको परीक्षण गरी प्रमाण पत्र दिने तयारी सरकारले गरेको हो ।

सातै प्रदेशका विभिन्न जिल्लाबाट फारम संकलन गरेर २० प्रकारका सीपको निःशुल्क परीक्षण हुने छ । सीप परीक्षण गराउन इच्छुक व्यक्तिले राष्ट्रिय सीप परीक्षण समितिले तयार गरेको मापदण्ड अनुसार फारम भरेर आगामी पुस ११ गतेभित्रमा बुझाउनु पर्नेछ ।

आवेदन दिने समय सुरु भइसकेको जनाइएको छ । फारम संकलन भइसकेपछि सीप परीक्षण हुने मिति र स्थान सकभर पायक पर्ने गरी तोकिने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ ।