

काठमाडौं, १५ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी आज पोल्याण्ड प्रस्थान गर्नुभएको छ । पोल्याण्डको कातोबिचमा हुन लागेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धि कोप २४ औं सम्मेलनमा सहभागी हुन भण्डारी पोल्याण्ड प्रस्थान गर्नुभएको हो ।
उहाँले सोमबार सम्मेलनलाई सम्बोधन गर्नुहुने छ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसहित केही सांसद र उच्च पदस्थ अधिकारीहरु पनि भ्रमण टोलीमा छन् । भ्रमणका क्रममा पोल्याण्डका राष्ट्रपति सहित विभिन्न उच्च स्तरीय भेटघाट हुने छ ।