

काठमाडौं, १४ मंसिर । काठमाडौंमा लागू भएको जोर बिजोर प्रणाली अन्तर्गत आज जोर नम्बरका मात्रै गाडी चल्नेछन् । हिजोबाट ४ दिनसम्मका लागि लागू भएको जोर–बिजोर प्रणालीमा आज नम्बर प्लेटको अन्तिमको अंक जोर भएका गाडीहरु चल्ने भएका हुन् ।
आजदेखि १७ गतेसम्म काठमाडौंमा हुने एसिया प्यासिफिक समिटलाई व्यवस्थित गर्न जोर–बिजोर प्रणाली लागू गरिएको प्रहरीले जनाएको छ । भोली १५ गते बिजोर नम्बरका गाडी चल्नेछ । अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनको हकमा भने यो नियम लागू नहुने ट्राफिक प्रहरीले जानकारी दिएको छ ।