कमल थापा चरम संकटमा, नाच्न नजान्ने आँगन टेढो

कमल थापा चरम संकटमा, नाच्न नजान्ने आँगन टेढो

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापा यतिबेला चरम संकटमा छन् । यसअघिको प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकबाट २५ सिट ल्याएर १२ भित्ता उफ्रिएका उनी र उनको पार्टीले यसपटक के के न बाघ मार्छौं भनेका थिए । त्यो सम्भव भएन । जनताले पत्याएनन् ।

आफ्ना एजेन्डा भुल्ने अनि उनले चुनावमा हारको दोष काँग्रेसलाई लगाए । काँग्रेससंग तालमेल गरेरै राप्रपाले हारेको केन्द्रीय कार्य समितिको बैठकमा बोल्ने अधिकांश नेताले बताए ।

लौ काँग्रेसले हरायो रे । अनि यसअघिको निर्वाचनमा प्रत्यक्षमा कहीं जितेको थियो र ?

यो त विश्वास हो कि राप्रपाले हिन्दू धर्मलाई फेरि फर्काउँछ भनेरै जनताले भोट दिए । राजसंस्था फर्काउँछ भनेरै राजाबादीले भोट दिए ।

तर कमल थापा र उनको पार्टीले कम्यूनिष्ट दलहरुसंग मिलेर गणतन्त्रको खीर खाइरहने अनि राजतन्त्रवादीले भोट दिन्छन् ?

हिन्दू धर्म चाहियो भनेर राप्रपाले एक दिन संसद बैठक अवरुद्ध गर्यो ?

आफ्ना कार्यकर्ता कति छन् भन्ने अहिलेसम्म रेकर्ड राख्न नसक्नेले दोष भने काँग्रेसलाई ?

पहिलेको चुनावमा २५ सिट समानुपातिकमा ल्याउनेले अहिले समानुपातिकमा कति मत ल्यायो ?

नाच्न नजान्ने आँगन टेढो भनेको यही हो ।

प्रतिनिधिसभा चुनावमा देशका १६५ स्थानमध्ये पाँच स्थानमा मात्र उम्मेदवारी दिएकाले पार्टीले न्यूनतम मतसीमा प्राप्त गर्न नसकेको समेत उनीहरुको तर्क छ ।

धन्यै पाँच सिटमा भए पनि उम्मेदवारी दिएका रहेछन् ्। कम्युनिष्ट गठबन्धनले नसघाएको भए झापामा पनि जित्न सक्ने थिएन ।

किनकि राप्रपाका मतदाता नै छैनन् ।

एमाले र माओवादीसंग मिलेर पटक पटक सरकारमा जाने, एमाले अध्यक्ष केपी शर्मा ओलीको जहाँ पनि गुणगान गाउने तथा परेका बेलामा भारतीय हिन्दूलाई पनि गाली गर्न पछि नपर्ने  कमल थापालाई कसले विश्वास गर्ने ?

भाइभारदारीमा लागेका कमल थापाले पार्टीका लागि के गरे ?

काँग्रेस नेतृत्वको सरकारमा गएर पनि हार भयो भने पदाधिकारीहरुले । के स्थानीय तहको निर्वाचनमा पनि काँगे्रेसले नै हराएको हो त ?

बैठकमा उनको राजीनामा –

बुधबारदेखि काठमाडौंमा जारी केन्द्रीय समिति बैठकमा अहिलेसम्म ५८ नेताले धारणा राखेका छन् ।

अधिकांशले कमल थापालाई अध्यक्षबाट नैतिकताका आधारमा राजीनामा गर्न दबाब दिएका छन् ।

बैठक शुक्रबार बिहान पनि बस्दैछ ।

कमल थापा कम्पनीले पार्टी विभाजन भएपछि कति हानी हुन्छ भन्ने बुझेन ।

आन्तरिक कलहले कति असर पर्छ भन्ने बुझेन ।

यति हुँदाहुँदै पनि अझै दोष काँग्रेसलाई ?

काँग्रेस सरकारमा सहभागी भएर मोजमस्ती गर्नु कमल थापाको अवसरवादी चरित्र हो ।

अब के जवाफ दिन्छन् उनले मतदातालाई ? के काँग्रेसले राप्रपालाई जिताउने ठेक्का लिएको छ ?

काँग्रेस आफै नराम्ररी पराजित भएको छ । काँग्रेस पराजित हुनुमा राप्रपाको केही दोष छैन । काँग्रेसले दोष पनि लगाएको छैन ।

कमल थापाको पार्टी र नेतृत्वको रबैया कतिसम्म गिर्यो भन्ने कुराको उदाहरण खोज्न सहरी विकास मन्त्रालयबाट दिलनाथ गिरीलाई फिर्ता बोलाएपछि स्पष्टै हुन्छ ।

उनको राणाकालीन थैली अहिले थापाकालीन भएको छ । के यही रबैयाले पार्टी चल्छ र ?