काठमाडौं, १४ मंसिर । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठकमा प्रस्तावित विधान मस्यौदामाथि हिजोबाट छलफल सुरु भएको छ ।
विधानमाथि छलफल गर्न काँग्रेसले बोलाएको केन्द्रीय समितिको पहिलो दिनको बैठकमा ५ जना केन्द्रीय सदस्यले धारणा राख्नुभएको छ । धारणा राख्ने केन्द्रीय सदस्यहरुले विधानको पक्ष र विपक्षमा भनाइ राखेका थिए ।