

काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय सदस्यहरुले संशोधित विधानको मस्यौदा बारे आ–आफ्नो धारणा राख्नेछन् ।
मस्यौदा बारे सबै केन्द्रीय सदस्यले बोल्ने भएकाले बैठक ४, ५ दिनसम्म लम्बिन सक्ने कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिनुभयो ।