तपाईंको राशिफलः मंसिर १३ गते, बिहिबारको भाग्य

तपाईंको राशिफलः मंसिर १३ गते, बिहिबारको भाग्य

–ज्योतिषवाणी–

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

राम्रो दिन छ । पराक्रम बढ्ने छ । हरेक काम बन्नेछन् । घुमफिरको समय छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

परायाबाट सजग रहनुहोला । सम्मान नमिल्नसक्छ । काममा अस्थिरता आउनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

साथीसंगीको सहयोग मिल्नेछ । आर्थीक लाभ होला । दिन राम्रोसंग बित्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

धनदेवीले साथ दिनेछिन् । हरेक काममा प्राप्ति होला । घुमफिरको समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

साथीसंगीको सहयोग राम्रो छ । नयाँ काममा मन जानेछ । घरपरिवारमा सुख आनन्द मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

अपव्ययको समय छ ख्याल गर्नुहोला । काममा नोक्सानी पुग्ला । मन खिन्न भए पनि दरिलो आटले जित प्राप्त होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

व्यवसायमा लाभ छ । हरेक काममा प्रगति होला । पेय पदार्थबाट राम्रो छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सम्पत्ति प्राप्तिको योग छ । साथीसंगीको साथ महत्वपूर्ण होला । समाजमा धेरैले प्रशंसा गर्नेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

घरायसी काममा सुख मिल्नेछ । धन प्राप्तिको योग छ । खुशी र रमाइलोसंग दिन बित्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

हरेक काम गर्दा ख्याल गर्नुहोला । बाधा अवरोध आउन सक्छ । सम्मान नमिल्दा मन खिन्न होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

राम्रो दिन छ । गरेको व्यवसायमा लाभ मिल्नेछ । शारिरीक क्षेत्रमा सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

साथीसंगीको सहयोगले काम बन्नेछ । अर्थ प्राप्तिको दिन छ । तपाईंको उन्नति प्रशंसा लायक हुनेछ ।