एजेन्सी, १२ मंसिर । युरोपेली संघ (इयू)ले आगामी महिना रुसमाथि थप प्रतिबन्ध लगाउने तयारी गरेको छ । पछिल्ला केहीदिन यता युक्रेनमा भएका गतिविधिलाई लिएर इयुले रुसमाथि थप प्रतिबन्ध लगाउने तयारी गरेको हो ।
चक्रीय प्रणालीअन्तर्गत इयुको अध्यक्षता गर्नुभएका करिन नेइसलले युक्रेनमा भएका गतिविधिलाई लिएर रुसमाथि थप प्रतिबन्ध लगाउने तयारी भइरहेको बताउनुभयो । उहाँले युक्रेनमा रुसले गरिरहेका गतिविधि प्रतिबन्ध लगाउनुपर्ने एउटा विषय भए पनि आगामी दिनमा हुने घटना र परिवेशअनुसार निर्णय लिइने जानकारी दिनुभएको, अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले खबर लेखेका छन् ।