“हटि होइन डटि लड्ने वीर नेपाली” को मानमर्दन गर्ने प्रयास !

“हटि होइन डटि लड्ने वीर नेपाली” को मानमर्दन गर्ने प्रयास !

-सरोज मिश्र-

भारतीय बिदेशमन्त्री सुषमा स्वराजले केन्याको मोम्बासाबाट पासपोर्ट र फोन छिनेर बन्दी बनाइएका ७ नेपाली चेलीहरूको उद्वार गरिएको कुरो ट्विटर मार्फत जानकारी गराएकी छिन् !

कतै यो “हटि होइन डटि लड्ने वीर नेपाली” को मानमर्दन गर्ने प्रयास त होइन ? “भारतलाई देखाइदिने” महान आत्मा प्रधानमन्त्री बन्न लागेको शुभमुहुर्तमा नेपालीको मन “चसक्क” पार्ने जमर्को पो हो कि ? “राष्ट्रबादी नेपालीका भरपर्दो मित्र” चीनले गरेको कामको जस खोस्ने षडयन्त्र हो कि ?

मलाई निक्कै शंका लागेको छ ! तत्काल जाँच पडताल होस् !

-फेसबुकबाट