इनम सापकोटा प्रकरणको अनुसन्धान रहस्यपूर्ण देखियो : शंकर पोखरेल

इनम सापकोटा प्रकरणको अनुसन्धान रहस्यपूर्ण देखियो : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले इनम सापकोटा प्रकरणको अनुसन्धान पारदर्शी नभएको भन्दै थप रहस्यपूर्ण देखिएको टिप्पणी गरेका छन् । सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले उक्त प्रकरणमा राज्यको अस्वाभाविक हस्तक्षेपसमेत देखिएको आरोप लगाए ।

उनले पछिल्लो समय प्रधानमन्त्रीका नाममा सबै क्षेत्रलाई आतङ्कित बनाउन खोजिएको दाबी गरे । प्रधानमन्त्रीका सल्लाहकारले प्रहरीले नियन्त्रणमा लिएको मोबाइल दुई दिनसम्म राखेको विषय पनि सार्वजनिक भएको उनले बताए ।

लोकतन्त्रमा जनता सार्वभौम भए पनि जनप्रतिनिधिमूलक निकायप्रति कार्यपालिका उत्तरदायी हुन नसकेको पोखरेलको आरोप थियो । दलको नेता भए पनि दलको बैठकको अध्यक्षता नगर्ने, पार्टीका वरिष्ठ नेता भए पनि पार्टी बैठकमा सहभागी नहुने र राजनीतिक दलहरूसँग संवाद नगर्ने प्रवृत्ति देखिएको उनको भनाइ थियो ।