

एजेन्सी । रुसले क्रिमीयाई प्रायद्विपको नजिक युक्रेनको तीनवटा नौसैनिक जहाजमा हमला गरी आफ्नो कब्जामा लिएको छ । घटनाले रुस र युक्रेनबीच थप तनाव बढेको छ । दुबै देशले यस घटनाका लागि एक–अर्कालाई जिम्मेदार भएको आरोप लगाएका छन् ।
रुसले युक्रेनको जहाज आफ्नो जलसीमा आजोव सागरमा गैरकानुनी ढंगले छिरेको दाबी गरेपछि यो विवाद उत्पन्न भएको हो । घटना लगत्तै रुसले कर्चमा तंग जलमार्गको एक पुलको तल टयांकर तैनाथ गरी आजोव सागरतर्फ जाने बाटो बन्द गरिदिएको थियो ।युक्रेनका राष्ट्रपति पेट्रो पोरोशेंकाले आफ्नो देशको राष्ट्रिय सुरक्षा एवं प्रतिरक्षा परिषदको बैठकमा रुसी कदमलाई सनकयुक्त कारबाहीको संज्ञा दिनुभएको छ ।
युक्रेनले जारी गरेको वक्तव्यमा रुसी कारबाहीमा आफ्नो चालक दलका दुई सदस्य घाइते भएको बताएको छ । घटनाका सम्बन्धमा वार क्याविनेटको जरुरी बैठक बोलाइएको युक्रेनी राष्ट्रपतिका प्रवक्ताले बताएको अन्तराष्ट्रिय संञ्चारमाध्यमहरुले जनाएका छन् ।