ली भारत र अष्ट्रेलियाबीचको तीन खेलको टी–ट्वान्टी क्रिकेट सिरिज बराबरीमा

ली भारत र अष्ट्रेलियाबीचको तीन खेलको टी–ट्वान्टी क्रिकेट सिरिज बराबरीमा

एजेन्सी । घरेलु टोली भारत र अष्ट्रेलियाबीचको तीन खेलको टी–ट्वान्टी क्रिकेट सिरिज बराबरीमा सकिएको छ । आज सम्पन तेस्रो तथा अन्तिम टी–ट्वान्टीमा भारतले ६ विकेटको जित निकालेसँगै सिरिज १–१ को बराबरीमा सकिएको हो ।

सिड्नीमा रोमान्चक बनेको खेलमा अष्ट्रेलियाले दिएको १ सय ६५ रनको लक्ष्य भारतले पुरै १९ ओभर ४ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । भारतको जितमा कप्तान विराट कोहली नायक बने । कोहलीले ६१ रनको अर्धशतकीय इनिङस खेले । यस्तै शिखर धवनले ४१, रोहित शर्माले २३ तथा दिनेश कार्तिकले अविजित २२ रन जोडे ।

यसअघि सिड्नीमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १ सय ६४ रन जोडेको थियो । अष्ट्रेलियाका लागि जोन म्याथ्यु शर्टले ३३ तथा कप्तान आरोन फिन्चले २८ रन जोडे । त्यस्तै एलेक्स केरीले २७ तथा मार्कुस स्टोनिसले अविजित २५ रन जोडे । भारतका लागि कुर्नाल पान्डयले ४ विकेट लिए । यसअघि भएको पहिलो टी–ट्वान्टीमा अष्ट्रेलियाले ४ रनको जित निकालेको थियो । यस्तै दोस्रो टी–ट्वान्टी भने वर्षाको कारण नतिजाबिहिन बनेको थियो ।