जुत्ता चप्पल औद्योगिक प्रदर्शनी काठमाडौँको भृकुटीमण्डपमा सुरु

जुत्ता चप्पल औद्योगिक प्रदर्शनी काठमाडौँको भृकुटीमण्डपमा सुरु

काठमाडौं, ९ मंसिर । ‘दोस्रो राष्ट्रिय जुत्ता चप्पल औद्योगिक प्रदर्शनी’ काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ । स्वदेशी उत्पादनलाई बढावा दिन आह्वान गर्दै नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी सङ्घको आयोजनामा प्रदर्शनी सुरु भएको हो ।

प्रदर्शनीको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले स्वदेशी जुत्ता चप्पलको उत्पादनलाई बढावा दिने गरी तत्काल विशिष्ट नीति ल्याउन सरकारसँग माग गर्नुभयो । उहाँले केही वर्ष भित्र जुत्ता चप्पलमा नेपाललाई आत्मनिर्भर बनाउन सरकारले व्यवसायीहरुलाई प्रोत्साहित गर्ने खालको नीति ल्याउन ढिलाई गर्न नहुने धारणा राख्नुभयो ।

प्रदर्शनीमा नेपालमै उत्पादित गुणस्तरीय जुत्ता तथा चप्पल प्रदर्शन गरिएको छ । मंसिर २६ गतेसम्म चल्ने प्रदर्शनीमा नेपालमा उत्पादन भएको जुत्ताचप्पल सस्तो मूल्यमा उपलब्ध गराउने नेपाल जुत्ता चप्पल उत्पादक सङ्घले जनाएको छ ।