कोप–३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान

कोप–३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्कीए प्रस्थान गरेका छन् ।

अर्थमन्त्री वाग्लेले सम्मेलनका क्रममा जलवायु परिवर्तन र दिगो आर्थिक विकाससँग सम्बन्धित नेपालको प्रमुख एजेन्डाबारे विभिन्न उच्चस्तरीय सत्रमा नेपालको तर्फबाट पैरवी तथा प्रतिनिधित्व गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

टर्कीएको आन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री शिशिर खनाल यसअघि नै सम्मेलनस्थल पुगिसकेका छन् ।

अर्थमन्त्री वाग्लेले सम्मेलनका विभिन्न आधा दर्जन उच्चस्तरीय सत्रमा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

उनी कात्तिक २९ गते आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।