

काठमाडौं, ९ मंसीर । नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षको राष्ट्रिय भेला यहि मंसिर १४ र १५ गते धादिङको गजुरीमा हुने भएको छ।
कोषाध्यक्षको राष्ट्रिय समितिका अध्यक्ष एवं कांग्रेस काठमाडौँका कोषाध्यक्ष गोविन्द पुडासैनीका अनुसार मंसिर २८ देखि पुस ३ गतेसम्म हुने महासमितिको बैठकमा प्रस्तुत गर्ने राय सुझाव र सल्लाहबारे छलफल गर्न भेला आयोजना गर्न लागिएको हो। भेलामा मुलुकभरका कांग्रेस जिल्ला कोषाध्यक्षलाई आमन्त्रण गरिसकेको उनले बताए।