

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने तराई, उपत्यका र खोँचका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।
महाशाखाले बुधबार बिहान ८ बजे अद्यावधिक गरेको मौसम बुलेटिनअनुसार कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ। तराई, उपत्यका तथा खोँचका थोरै स्थानमा हुस्सु र कुहिरो देखिएको छ।
महाशाखाले आगामी पाँच दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै केही प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना औँल्याएको छ।
बुधबार (कात्तिक १८ गते)
दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ।
राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका सबै भूभागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। तराई, उपत्यका तथा खोँचका थोरै स्थानमा बिहान हुस्सु तथा कुहिरो लाग्न सक्नेछ।
बिहीबार (कात्तिक १९ गते)
दिउँसो देशका हिमाली तथा पहाडी भूभाग र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ।
राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने देशका अन्य स्थानमा मौसम मुख्यतया सफा रहनेछ। तराई, उपत्यका तथा खोँचका थोरै स्थानमा बिहान हुस्सु तथा कुहिरो लाग्न सक्नेछ।
शुक्रबार (कात्तिक २० गते)
दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ।
राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। तराई, उपत्यका तथा खोँचका थोरै स्थानमा बिहान हुस्सु तथा कुहिरो लाग्न सक्नेछ।
शनिबार (कात्तिक २१ गते)
देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा अन्य प्रदेशका हिमाली र देशका सबै पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ। तराई, उपत्यका तथा खोँचका थोरै स्थानमा बिहान हुस्सु तथा कुहिरो लाग्न सक्नेछ।
आइतबार (कात्तिक २२ गते)
देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा अन्य प्रदेशका हिमाली भूभाग र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ। तराई, उपत्यका तथा खोँचका थोरै स्थानमा बिहान हुस्सु तथा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।