पोखराले लुम्बिनीलाई दियो ९८ रनको सामान्य लक्ष्य

पोखराले लुम्बिनीलाई दियो ९८ रनको सामान्य लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई ९८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९७ रन बनायो।

पोखराका लागि चमिका करुणारत्नेले सर्वाधिक २५ रन बनाए। कुशल भुर्तेलले १४, मेहदी हसनले १३ तथा किरण ठगुन्नाले १२ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पोखरालाई कम स्कोरमा समेट्ने क्रममा लुम्बिनीका रुबेन ट्रम्पलमानले तीन विकेट लिए। तिलक भण्डारीले दुई तथा शेर मल्ल, रोहित पौडेल र अभिषेक गौतमले एक–एक विकेट हात पारे।

अब लुम्बिनीलाई जितका लागि ९८ रन आवश्यक छ।