

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन सुन प्रतितोला २ लाख ७४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यता, चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ६७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
सोमबार चाँदी प्रतितोला ३ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो।