

काठमाडौँ । सामान्य रूपमा इनर्जी ड्रिङ्क्स खरिद गर्दा मोटरसाइकल, स्कुटर वा कार जित्ने अवसर मिल्यो भने पक्कै पनि खुसीको कुरा हुन्छ। म्याक्स टाइगर इनर्जी ड्रिङ्क्सले सञ्चालन गरिरहेको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानले आफ्ना उपभोक्तालाई यस्तै अवसर प्रदान गरिरहेको छ।
अभियानअन्तर्गत हालसम्म देशका विभिन्न स्थानका नौ जना उपभोक्ता यामाहाका मोटरसाइकल तथा स्कुटरका विजेता घोषित भएका छन्। सुर्खेत, बनेपा, धादिङ, बुटवल र धनगढीदेखि जनकपुर, बिर्तामोड, धरान र वीरगञ्जसम्मका उपभोक्ताले पुरस्कार जितेका छन्।
अभियानअन्तर्गत सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन्। बनेपाका राजकुमार तामाङ र धादिङका सञ्जोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल हात पारेका छन्। त्यस्तै, बुटवलका नरबहादुर फौगाडले यामाहा स्कुटर र धनगढीका मोहन श्रेष्ठले मोटरसाइकल जितेका छन्।
पछिल्लो चरणमा सार्वजनिक गरिएका चार विजेतामध्ये जनकपुरका कौटल्य कुमार सिंह र बिर्तामोडका तेज नारायण सिंहले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। धरानका मनोज कुमार अधिकारी र वीरगञ्जका रमेश बस्नेतले भने यामाहा रे जेडआर स्कुटर प्राप्त गरेका छन्।
कम्पनीका अनुसार यस अभियानमा १८ वटा यामाहा एफजेड एफआई मोटरसाइकल र १८ वटा यामाहा रे जेडआर स्कुटर गरी ३६ वटा दुईपाङ्ग्रे सवारीसाधन पुरस्कारका रूपमा राखिएका छन्। त्यसबाहेक एक जना भाग्यशाली विजेताले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार प्राप्त गर्नेछन्। यसरी अभियानमा कुल ३७ वटा सवारीसाधन पुरस्कारका रूपमा समावेश छन्।
हालसम्म नौ जना विजेता सार्वजनिक भइसकेका छन् भने बाँकी २८ वटा सवारीसाधनका विजेता घोषणा हुन बाँकी रहेको कम्पनीले जनाएको छ। ‘हरेक क्यानमा ऊर्जा, हरेक जितमा नयाँ उत्साह’ भन्ने नारासहित सञ्चालन भइरहेको अभियानले उपभोक्तालाई पुरस्कार जित्ने अवसर प्रदान गर्नुका साथै दशैंको उत्साहलाई थप रोचक बनाएको कम्पनीको भनाइ छ।
देशका विभिन्न सहरबाट विजेता सार्वजनिक भइरहेका बेला अब बम्पर पुरस्कारको प्रोटोन कार कसले जित्ला भन्ने चासो पनि बढेको छ।