काठमाडौं, ७ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज भएको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब विजयी भएको छ । बिग्रेड व्बाईजले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–१ गोल अन्तरगतले पराजित गरेको हो ।
जित सहित ब्रिगेडले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । यस्तै त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराएको छ । आज भएको खेलको ३० औं मिनेटमा टेकबहादुर बुढाथोकीले गरेको गोल नै आर्मीलाई जिताउन निर्णायक गोल बनेको हो ।
यसैविच संकटा क्लबले शतप्रतिशत नतिजालाई कायमै राखेको छ । लगातार तेस्रो खेलमा जित हासिल गर्दैै संकटा मनाङ–मर्यास्ङ्दीसँगै शतप्रतिशत नतिजा निकाल्ने टिममा गनिएको हो । तेस्रो खेलमा संकटाले आज मच्छिन्द्र क्लबलाई २–० ले हरायो । संकटाले दुवै गोल मध्यान्तरपछि गरेको हो ।