विद्यालय बन्द गराएर शिक्षक धर्नामा

विद्यालय बन्द गराएर शिक्षक धर्नामा

काठमाडौं, ७ मंसिर । नेपाल शिक्षक महासंघले प्रदेश ५ मा सबै विद्यालय बन्द गराएर आज सामाजिक विकास मन्त्रालय घेराउ गरेको छ । सामुदायिक विद्यालय बन्द गरेर शिक्षक तथा कर्मचारीले विरोध प्रदर्शन गर्दै मन्त्रालय घेराउ गरेका हुन् ।

बिहान १० बजे बुटवलको राजमार्ग चौराहाबाट विरोध प्रदर्शनसहित मन्त्रालय पुगेका शिक्षक तथा कर्मचारीले केही बेर नाराबाजी गरेका छन् । शिक्षक महासंघले विभिन्न २६ माग राखेर सरकारलाई पूरा गर्न दबाब दिएको छ ।

महासंघले स्थानीय तहलाई शिक्षा सम्बन्धी ऐन आफूखुशी बनाउन रोक लगाउनुपर्ने, कम्तीमा दश वर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकहरुलाई सामूहिक पदोन्नतिको ब्यवस्था गरिनुपर्ने माग राखेको छ । तत्कालिन उच्च माविमा कार्यरत शिक्षकहरुको दरबन्दीको प्रबन्ध गरी स्थायी बनाउने प्रक्रिया आरम्भ गरिनुपर्ने, राहत शिक्षकलाई स्थायी दरवन्दीमा रुपान्तरण गरी दरवन्दीमा कार्यरत शिक्षकलाई स्थायी गर्न प्रक्रिया अघि बढाउनुपर्ने माग पनि उनीहरुले राखेका छन् ।