कुसुन्ती हाइटमा लिफ्टसहितको आकाशे पुल दुई महिनाभित्र सञ्चालनमा आउने

कुसुन्ती हाइटमा लिफ्टसहितको आकाशे पुल दुई महिनाभित्र सञ्चालनमा आउने

काठमाडौं । ललितपुर महानगरपालिका-१३, कुसुन्ती हाइटस्थित चक्रपथमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ। पाँच करोड रुपैयाँको लागतमा निर्माण भइरहेको पुलको काम तीव्र गतिमा अघि बढिरहेको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाकी प्रेस संयोजक रमा लुईटेलका अनुसार पुल निर्माण सम्पन्न गरी करिब दुई महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी तथा अन्य पैदलयात्रीलाई सडक वारपार गर्न सहज र सुरक्षित बनाउने उद्देश्यले पुल निर्माण गरिएको उनले बताइन्। चक्रपथ वारपार गर्ने क्रममा हुन सक्ने दुर्घटनाको जोखिम न्यूनीकरण गर्न महानगरपालिकाले यस्तो संरचना निर्माण गरेको उनको भनाइ छ।

“यो अपाङ्गतामैत्री लिफ्टसहितको पुल हो। यहाँ धेरै मानिसले सडक वारपार गर्नुपर्ने भए पनि सहज र सुरक्षित व्यवस्था नहुँदा दुर्घटनासमेत हुने गरेको थियो। त्यसलाई सम्बोधन गर्न महानगरपालिकाले यो पुल निर्माण गरेको हो,” लुईटेलले भनिन्।

उनका अनुसार पुलको दुवैतर्फ लिफ्टको व्यवस्था गरिएको छ। बटन थिचेर आवश्यक दिशातर्फ जान सकिने प्रणाली जडान गरिएकाले सिँढी चढ्न कठिनाइ हुने व्यक्तिलाई सडक वारपार गर्न सहज हुने अपेक्षा गरिएको छ।

लिफ्टसँगै स्तनपान कक्ष र कफी सप

पुलमा लिफ्टका अतिरिक्त स्तनपान कक्ष र कफी सपसमेत रहने लुईटेलले जानकारी दिइन्। आधुनिक सुविधासहित निर्माण भइरहेको यो पुल नेपालमै फरक प्रकृतिको संरचना हुने उनको दाबी छ। निर्माण कार्य निर्धारित समयभन्दा केही ढिलो भएको महानगरपालिकाले जनाएको छ। आवश