

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ८० रन बनाए। उनले ८१ बलको सामना गर्दै दुई चौका र दुई छक्का प्रहार गरे। त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ६९ र देव खनालले ५७ रनको योगदान दिए।
यसैगरी, इशान पाण्डेले २९ तथा बसिर अहमदले १७ रन बनाए।
चौथो विकेटका लागि रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले १३९ रनको महत्त्वपूर्ण साझेदारी गरे। उनीहरूको उत्कृष्ट ब्याटिङले नेपाललाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याएको हो।
बलिङतर्फ ओमानका शाह फैसलले पाँच विकेट लिए। उनले आठ ओभरमा ५७ रन खर्चिए। जय ओडेदराले तीन तथा समय श्रीवास्तवले दुई विकेट हात पारे।
अब नेपालले प्रस्तुत गरेको २८१ रनको लक्ष्य पछ्याउँदै ओमान ब्याटिङमा उत्रनेछ।